८ बैशाख २०८१, शनिबार

चितुवाको आक्रमणबाट नवलपुरमा ११ ओटा भेडा मरे

FB IMG 1625901652502

चितुवाको आक्रमणबाट ११ ओटा भेडा मरेका छन् । मध्यबिन्दु नगरपालिका–१ स्थित अभियनमा एकल महिला किसान मन कुमारी महतोले गोठभित्र बाँधेका १५ ओटा भेडा मध्य ११ ओटा भेडा चितुवाको आक्रमणबाट मरेको हो । भने अन्य ४ ओटा भेडा गम्भीर घाइते भएका छन् ।

जंगलबाट बस्तीमा छिरेको चितुवाको आक्रमणबाट गोठ नै रित्तो भएको छ । ‘कच्ची गोठ भएकाले सजिलोसँग चितुवा गोठभित्र छिरेर भेंडालाई आक्रमण गर्‍यो,’ स्थानीयबासी गणेश महतोले भने, ‘पछिल्लो समय चितुवा बस्ती नजिक आउने र त्रास थप्ने काम गरिरहेको थियो।’

प्रहरी चौकी कोल्हुवाका अनुसार सामुदायिक वन नजिकै रहेको र त्यहीँ वनबाट चितुवा बस्तीमा आएको हुन सक्ने अनुमान गरिएको छ । चितुवाको कारण दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले बताएको छ ।