
फाइल फोटो
काठमाडौं उपत्यकामा ट्याक्सी पनि चल्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार एक साताका लागि थपिएको निषेधाज्ञामा ट्याक्सीलाई पनि चल्न दिने निर्णय भएको हो ।
आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले यो निर्णय गरेको हो । यो निर्णय मंगलबारदेखि लागू हुनेछ । प्रशासनले निजी सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा चल्न दिने निर्णय गरेको छ ।