७ बैशाख २०८१, शुक्रबार

सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ

bribe ghush karmachari
सांकेतिक तस्विर

धादिङका सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ परेका छन् ।

नीलकण्ठ सब डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेललाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गे हात पक्राउ गरेको हो । घुस मागेको भन्ने उजुरीको आधारमा स्ट्रीङ अपरेसन गर्दा कार्यालय प्रमुख पौडेल रङ्गे हात पक्राउ परेको आयोग प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको बारेमा परेको उजुरी मिलाइदिने भन्दै फर्निचर ब्यबसायीसँग ४० हजार नगद लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही हुने प्रवक्ता रिसालले जानकारी दिए ।
पक्राउ परेका पौडेलले गत कात्तिकदेखि निकलण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।