८ असार २०८२, आईतवार

युरोकप: रुसकाे पहिलाे जित, संघर्षपूर्ण जित संगै दोस्रो स्थानमा उक्लियो

E4AnX5 VUAATl scaled

युइएफए युरोकप २०२० फुटबलमा रुसले संघर्षपूर्ण जित निकालेको छ। सेन्ट पिटर्सवर्ग स्टेडियममा बुधबार सम्पन्न खेलमा घरेलु टोलि रुसले फिनल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको हो।

आज भएकाे पहिलाे खेलमा रुसले आफ्नाे मैदान क्रेस्टाेभ्सकी स्टेडियममा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा रुसले फिन्ल्यान्डलाई १–० ले हराएकाे हाे ।

रुसका लागि एलेक्सी मिरानचुकले पहिलाे हाफमा थपिएकाे इन्ज्युरी समयकाे दाेस्राे मिनेटमा गाेल गरे ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्ने केही सुनौलो अवसर बनाए पनि थप गोल भने गर्न सकेनन।

खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपलोले गोल गरेका थिए। तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उक्त गोल डिसअलाउ गरिएको थियो।

समूह ‘बी मा रहेका रुस र फिनल्यान्ड दुवैले दुई खेलमा एक–एक खेल जितेका छन् । तालिकामा रुस दाेस्राे र फिन्ल्यान्ड तेस्राे स्थानमा छ ।

आजै राति पाैने दश बजे हुने खेलमा टर्की र वेल्स खेल्दै छन् भने राति पाैने एक बजे इटली र स्विट्जरल्यान्ड खेल्दैछन् ।

यो समूहमा बेल्जियम ३ अंककासाथ शिर्ष स्थानमा छ भने अंकबिहीन डेनमार्क समूहको पुछारमा छ।