२१ बैशाख २०८१, शुक्रबार

गण्डकीका मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने

Prthiv subba Gurung
फाइल फोटो

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

यसबारे मुख्यमन्त्री गुरुङले प्रदेशसभा सचिवालयलाई आज पत्रमार्फत जानकारी गराएका छन् ।

प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।