
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको धनगढीमा पुतला दहन गरिएको छ । नेकपा एमाले नेपाल समूहका युवाहरुले धनगढीको एलएनचौक र पार्कमोडमा मन्त्री महतोको पुतला दहन गरेका हुन् ।
मन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनको पुतला दहन गरिएको अनेरास्ववियु कैलाली उपाध्यक्ष केशरी रेग्मीले बताइन् ।




