१८ बैशाख २०८१, मंगलवार

कोरोना कहर: यसपालि पनि रोकिए ऐतिहासिक जात्रा

bisket jatra
फाइल फोटो

कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यहाँका दुई नगरपालिकामा यो साता मनाइने परम्परागत ऐतिहासिक दुई जात्रा रोकिएका छन् । कोरोनाका कारण १७औँ शताब्दीदेखि वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डीपूर्णिमाका अवसरमा मनाइँदै आइएका बनेपास्थित चण्डेश्वरी जात्रा र पाँचखालको ऐतिहासिक पलाञ्चोक जात्रा राकिएको हो ।

अघिल्लो वर्ष पनि जिल्लामा कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यी जात्रा साधारण पूजा ९क्षमा० गरी सम्पन्न गरिएको थियो । चण्डेश्वरी र पलाञ्चोक भगवती जात्रा यही जेठ १२ र १३ गते मनाइने जात्रा–तिथि परेको छ । बनेपामा सबैभन्दा बढी कोरोना सङ्क्रमित भएकाले गत आइतबारदेखि बुधबार राति १२ः०० बजेसम्म नगरक्षेत्र ‘शिल’ गरिएको छ भने पाँचखालले आज २ः०० बजेदेखि एक साताका लागि नगरक्षेत्र शिल गरेको छ ।

बनेपाका स्थानीय जनप्रतिधि, मन्दिरका पुजारी र गुठियारको बैठकले चण्डेश्वरी जात्रा स्थगित गर्ने निर्णय गरेको छ । “सङ्क्रमणदर फैलिरहेको र मृत्युदर पनि नरोकिएकाले यो वर्ष पनि क्षमा पूजा मात्रै गरी जात्रा रोक्ने निर्णय गरेका छौँ”, नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भन्नुभयो । उहाँका अनुसार स्थानीयवासीलाई पनि आ–आफ्नै घरमा पूजा गरी कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अवलम्बन गर्न अपिल गरिएको छ ।

चण्डेश्वरी जात्राका लागि प्रत्येक वर्ष बनेपालीले चण्डेश्वरी मन्दिर परिसर बेहुली झैँ सिङ्गार्ने गर्दथे । दुई दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्थ्यो । बनेपालीका लागि यो जात्रा महान् चाड दशैँ जस्तै लाग्ने गर्दथ्यो । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्थे ।

पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरवार ९खड्ग०सँगै जात्रामा सरकारका तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपालीले यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज गरिन्थ्यो भने बूढापाकाले टोलटोलमा बसी भजन गाउँथे । सडक, गल्लीमा भीड हुन्थ्यो । शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवीको पूजा गर्न टाढादेखि भक्तजन आउने गरेको स्थानीयवासी जगतबहादुर मानन्धरले बताउनुभयो । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा ‘मागेको पुग्ने’ कुरामा विश्वास गरिन्छ ।

जात्रामा पूर्णिमाका दिन तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । त्यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका विभिन्न प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउनुपथ्र्यो ।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धर बताउनुहुन्छ । उहाँका अनुसार, जात्राको शुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्थ्यो । छुटाउनै हुँदैन भन्ने जनविश्वासअनुसार बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएका पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्थे ।

पाँचखालस्थित ऐतिहासिक पलाञ्चोक जात्रा यस वर्ष पनि रोकिएको नगरउपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँका अनुसार पाँचखालमा पनि कोरोना सङ्क्रमणदर दिनानुदिन बढिरहेकाले हाल नगरक्षेत्र शिल गर्नुपरेको छ । पलाञ्चोक भगवती मन्दिरमा पूर्णिमाका दिन क्षमापूजा गरी सम्पन्न गरिनेछ । हिन्दू धर्मावलम्बीको विशेष धार्मिकस्थलका रुपमा रहेको पलाञ्चोक भगवती स्थानमा मेला भर्नका लागि पाँचखाल नगरपालिकालगायत आसपासका तेमाल, नमोबुद्ध, भुम्लु, रोशी तथा छिमेकी जिल्ला सिन्धुपाल्चोक, भक्तपुर र काठमाडाँैका भक्तजनको भीड लाग्ने गर्दथ्यो । यहाँको एक महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक क्षेत्रका रुपमा रहँदै आएको छ ।