१८ बैशाख २०८१, मंगलवार

सबै दल फ्रेन्ड्ली नै हुन्, प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ : महन्थ ठाकुर

thakur

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नजाने बताएका छन् । आजको बैठकमा प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्दा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उनले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताएका हुन् । उनले भने, ‘हाम्रो लागि सबै दल फ्रेन्ड्ली नै हुन्, तर हामी प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ ।’

वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरु कुर्सीका लागि नभएर मधेशको माग पुरा गराउन दौडधुपमा लागेको बताएका छन् । आफूहरुको मुद्दालाई जसले सम्बोधन गर्छ त्यसलाई समर्थन गर्ने पनि बताए ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्षधर सांसदको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री संविधान संशोधनका लागि तयार भएको दावी गरे । मन्त्रीपरिषद्बाट संविधान संशोधनका अध्ययन गर्न सुझाव समूह गठन गर्ने निर्णय भएको बताउँदै उनले संविधान संशोधनको नाम सुन्न नचाहने प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनका लागि तयार भएको उनले बताए ।