फाइल फोटो
नेकपा एमालेको बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।
नेपालसहित उनी पक्षका नेताहरु घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फुकवा गरिएको स्थायी समिति सदस्य सुवास नेम्वाङले बताए ।
नेकपाबाट छुट्टिएर एमाले भएपछि समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंङ्घन गरेको भन्दै यसअघि उनीहरुलाई पार्टीबाट निलम्बन गरिएको थियो ।