
बाँकेमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म मृत्यु भएको हो ।
मृतक मध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक-एक जना सल्यान र कैलालीका रहेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओली ले जानकारी दिए ।
ओलीका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगन्ज उपमहानगर १६ का ४९ वर्षीया महिलाको बुधबार बिहान ८ :३० बजे, बाँकेकै नेपालगन्ज उपमहानगर – ५ का ४४ वर्षीय पुरूषको बुधबार विहान ६: ३० बजे मृत्यु भएको छ ।
यस्तै बाँकेकै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका-२ की ३० वर्षीया महिलाको मंगलबार राति ९:३० बजे, बाँकेकै कोहलपुर(१० की ४५ वर्षीया महिलाको बुधबार बिहान १:३० बजे, कोहलपुर-११का ४१ वर्षीय पुरूषको बुधबार विहान ४ बजे र कोहलपुर-१४ बाँकेकै ६४ वर्षीया महिलाको बुधबार ५:३० बजे मृत्यु भएको हो।
यस्तै भेरीमा अस्पतालमै उपचाररत गुलरिया(९ बर्दियाका ४७ वर्षीया महिलाको बुधबार बिहान ८ बजे, बर्दियाकै मधुबन नगरपालिका-६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान ८: ३० बजे र बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको बुधबार बिहान १० बजे मृत्यु भएको छ ।
यस्तै बनगाड कुभिन्डे-६, सल्यानका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा बुधबार ८:३० बजे मृत्यु भएको छ भने घोडाघोडी-१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बुधबार विहान ४:४५ बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै बाँकेमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।