१५ चैत्र २०८०, बिहीबार

प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो, झलनाथ–माधवलाई गाली गरेर एमाले विभाजन गरिँदैछ: घनश्याम भुसाल

ghanashyam

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भएको आपत्ति जनाएका छन् । उनले आत्मसमर्पण क्रान्तिकारी गद्दारी हुने समेत बताएका हुन ।

एमाले नेता माधव नेपाल निकट रहेका भुसालले हिजो प्रचण्डलाई र आज झलनाथ खनाल-माधव नेपाललाई गाली गरेर पार्टी विभाजन गरिँदैछ भन्ने उल्लेख पनि गरेका छन्।

उनले यो कुरा आज फेसवुकमा स्टाटस लेख्दै भनेका छन् ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो,’ भुसालको भनाइ छ, ‘आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ।’

हिजोका दिनमा असफल भएका शक्तिहरूले बदला लिन खोजेको पनि उनको भनाइ छ। आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन,’ उनको भनाइ छ।

साथै भुसालले थपेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’