
देशमा कोरोनाभाइरसको संक्रमण बढेसँगै निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको संख्या बढ्दो छ । सोमबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने जिल्लाहरुको संख्या ७० पुगेको गृह मन्त्रालयले जनाएको छ । केही जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने केहीमा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने मृतकको कुल संख्या ३ हजार ८५९ पुगेको छ ।
हेर्नुहाेस् सूची







