
पोखरा विश्वविद्यालय पछी त्रिभुवन विश्वविद्यालले पनि मिति तोकिएका परीक्षाहरु अर्को सूचना जारी नहुन्जेलका लागि स्थगित गरेको छ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै प्रकारका परीक्षाहरु बन्द गर्ने निर्णय गरेपछी भौतिक रुपमा हुँदै आएका सबै परीक्षा पोखरा विश्वविद्यालयले स्थगन गर्ने निर्णय आज दिउँसो गरेको हो।

त्यस्तै त्रिभुवन विश्वविद्यालयले पनि सञ्चालन भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालले एक सुचना जारी गर्दै कोरोना भाइरस संक्रमणको महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ ।
