१८ बैशाख २०८१, मंगलवार

राजेन्द्रमानले न डिआइजीको फूली लगाएको थाहा पाए न अवकाश पाएको चाल पाए

dig rajendraman shrestha

३० वर्षे कार्यकाल सकएपछि जागिरे जीवनबाट छुटकारा पाएको खुसि महसुस गर्दै १७ डिआइजी मंगलबार नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगे ।

मंगलबार नै अर्का एक डिआइजी पनि त्यति नै अवधि पार गरेर कार्यकालबाट बिदा हुँदै थिए तर अस्पतालको शैयाबाट । लामो जागिरे जीवनबाट अलग्गिनुपर्दा १७ जना भन्दा भिन्न थिए राजेन्द्रमान श्रेष्ठ ।

कोमाबाटै अवकाश पाए

अवकाशको माला लगाइदिइन् प्रहरी अस्पतालकी एआइजी डा. आशा सिंहले । राजेन्द्रमानले न त डिआइजीको फूली लगाएको थाहा पाए न त अवकाश पाएको चाल पाए ।

कुनैबेला आइजीपीका दाबेदारमध्येका उनी कोमामा पुगेपछि प्रतिष्पर्धाबाट बाहिरिएका थिए । राजेन्द्रमान श्रेष्ठ नेपाल प्रहरीका २६ औं आइजीपी सर्वेन्द्र खनालका ब्याची हुन् । उनले खनालसँगैका तीन एआइजी र १७ एआइजीका साथमा अवकाश पाए । श्रेष्ठ तीन वर्ष यता कोमामा छन् ।

एसएसपी वरियता अनुसार मात्र हुँदो हो भने मात्र पनि उनी कम्तिमा एआइजी बनेर सेवानिवृत्त हुन्थे तर, त्यो हुन पाएन । कारण थियो ब्याडमिन्टन खेल्दा खेल्दै ढल्नु ।

rajendra man shrestha

१५ साउन २०७३ मा ब्याडमिन्ट खेल्दा खेल्दै ढलेर बेहोस भएका उनको मस्तिष्क निष्कृय भयो । शरीरको सबै अङ्ग भने चलेको छ । श्रेष्ठ प्रहरी सेवामा प्रवेश गरे देखि नै होनहार अधिकृतका रुपमा चिनिन्थे । उनी जहाँ जहाँ खटिए त्यहाँ खुबी देखाएर बिदा भए । तर, एसएसपी भई पूर्व क्षेत्रमा खटिंदा उत्कृष्ट कार्य गर्दा गर्दै कोमा अवस्थामा काठमाडौं ल्याइए ।

किनकि श्रेष्ठ सजीव भएभनि शरीरले निर्जीव जस्तै छन् । २०७४ सालमा डिआजीमा बढुवा भएका श्रेष्ठ फुली ग्रहण गरेपनि चिन्न सक्ने अवस्थामा छैनन ।

श्रेष्ठबारे चासो बढेपछि उनलाई नेपाल सरकारले विशेष पद सृजना गरी ५ भदौ २०७४ मा बढुवा सिफारिश गरिए । उनको बढुवाका लागि निवर्तमान आइजीपी खनालले विशेष पहल गरेका थिए । गृह मन्त्रालयले नियमावली संशोधन गरेर भएपनि विशेष परिस्थिति भन्दै मन्त्रिपरिषदले बढुवा गरेको थियो ।

मंगलबार अवकाश पाएका उनलाई प्रहरी कार्यालयले परिवार मार्फत खबर पठाएको थियो ।

राजेन्द्रमान शारीरिक,मानसिक असक्तका कारण विदाइ कार्यक्रममा उपस्थित हुन नसके पनि अन्य तीन एआइजी भने जानी जानी उपस्थित भएनन् ।