१८ बैशाख २०८१, मंगलवार

फ्लोर क्रस गर्ने एमालेका तीन प्रदेश सांसद मन्त्री नियुक्त

Floor cross samsad 1024x590 1

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ ।

यही वैशाख ३ गते विश्वासको मत हासिल गरे पश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो । जसअनुसार उहाँले नेकपा (एमाले) माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्री त्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिनुभएको थियो ।

यस अघिका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय समाली रहनुभएको थियो ।

नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ आइतबार लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।