२२ बैशाख २०८२, सोमबार

ओलीले लात हानेपछि प्रचण्डलाई ठीक भएको छः देउवा

sher bahadur deuba
फाइल फोटो

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक पटक प्रधानमन्त्री बन्न गरेको आग्रहलाई अस्वीकार गरेको बताएका छन् । सभापति देउवाले २०७४ को निर्वाचनपछि आफुले प्रचण्डलाई गरेको आग्रह नमान्दा अहिले उनलाई केपी शर्मा ओलीले लात हानेको बताएका छन् ।

नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाडौमा उद्घाटन गर्दै सभापति देउवाले भने, ‘मैले प्रचण्डलाई तपाई नै प्रधानमन्त्री बन्नु भनेको हो तर उनी उता गइदिए । तपाई नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पाए प्रचण्डले अहिले आएर ।’

देउवाले धेरै पटक प्रचण्डलाई आफुले प्रधानमन्त्री बनाउन खोजेपनि असफल भएको बताए । धेरै ‘पटक प्राइमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ? तपाईहरुलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म आफु प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस्’, सभापति देउवाको भनाई छ ।

उनले अहिले पनि काँग्रेसले वास्तै गरेन भन्या भएर शुक्रबार बैठक बोलाएको बताए । सभापति देउवाले सरकार गठनमा काँग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा काँग्रेसको उपस्थितिलाई बुझ्न आग्रह समेत गरे । ‘प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेन्ट हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौ । यो वास्तविकतालाई बुझ्नु पर्यो सबैले’, देउवाको भनाइ छ ।