
कुनै पनि महिलाले अनिच्छित गर्भधारण गरेमा सुरक्षित हिसाबले गर्भपतन गराउनेको संख्या सुत्केरी हुने महिलाको भन्दा बढी देखिन थालेको छ ।
पर्वत जिल्लमा आर्थिक वर्ष २०७६ ७७ मा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका महिलाको कुल संख्या ७ सय ९८ रहेको छ भने गर्भपतन गराएकाको १ हजार २ सय २३ छ ।
यो संख्या सरकारले तोकेको गर्भपतन गराउने संस्थामा पुगेर गर्भपतन गराउनेको मात्र हो ।घरमै औषधि सेवन गरेर वा अन्य जिल्लामा पुगेर गर्भपतन गराउनेको संख्या जोड्ने हो धने दोब्बर हुने अनुमान छ ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार मान्यता प्राप्त स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउने र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने महिलाको संख्या मात्र यसमा समावेश छ ।
घरमा सुत्केरी हुने क्रम शुन्यप्राय रहेको कारण पनि सुत्केरी हुनेको संख्या यकिन छ तर जिल्ला बाहिर जाने तथा घरमै औषधि खाएर असुरक्षित ढंगले गर्भपतन गर्नेको संख्या असाध्यै धेरै छ ।
अस्पतालमा जाँदा झन्झट हुन सक्ने, चिनेजानेका माननिसहरु भेट हुन सक्ने, सरकारी अभिलेखमा नाम दर्ता हुनेलगायत डरका कारण निजि क्लिनिक तथा जिल्लाबाहिर बागलु र पोखरामा पुगेर गर्भपतन गराउने तथा घरमै लगेर औषधिको सेवन गर्नेहरुको संख्या धेरै भएको कार्यालयका तथयांक अधिकृत प्रवीण भण्डारीले बताउनुभयो । समाचारपत्र