२३ बैशाख २०८१, आईतवार

चीनबाट ल्याइएका नेपालीलाई राख्न संसद भवन नभए होटल हायात खाली गरौं : सांसद यादव

pradip yadav

चीनबाट उद्दार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न भन्दै व्यंग्य गरेका छन् ।

संघीय समाजवादी पार्टीका सांसद प्रदीप यादवले कोरोनाभाइरसको उद्गम थलो चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरूलाई नेपाल ल्याएर राख्ने ठाउँ नभेटिए संसद भवन खाली गरेर राख्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद यादवले सरकारले पाँच दिनदेखि नेपाली विद्यार्थीलाई राख्ने ठाउँ नभेटेको उल्लेख गर्दै सांसद यादवले भने, संसद भवन खाली गरेर विद्यार्थीलाई यहीँ राखौं। हामी बाहिर पाल टाँगेर संसद चलाऔं।

‘चीनबाट ल्याउने नेपाीलाई कहाँ राख्ने त ? सरकारले पाँच दिनदेखि लगातार खोजिरहेको छ तर ठाउँ नै पाएको छैन । कि हामी संसद भवन नै खाली गर्दिउँ त सभामुख महोदय ?’ उनले भने ।

उनले वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न ठाउँ नभेटिए हायात होटल खाली गरेर राख्न सुझाव पनि दिए।

३ सय ४ रोपनी जग्गा कब्जा गरेर राखेको हायात होटल खाली गरेर विद्यार्थी राखेर नेपालीको जीवन बचाऔं, उनले भने।

यादवको प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बानेश्वर हलमा राखेर रोग न्यूनिकरण हुने भए त्यस्तो ठाउँको अभाव नरहेको जवाफ दिए।