१८ बैशाख २०८१, मंगलवार

तीन वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ९३ गैंडाको मृत्यु

ded raino

तीन वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ९३ गैंडाको मृत्यु भएको छ । अधिकांश गैंडाको मृत्यु प्राकृतिक कारणले हुने गरेको छ । उमेर पुगेर, कालगतिले, भाले–भाले गैंडा जुधेर, बाघको आक्रमण, भाले गैंडाको आक्रमण पोथीको, जलथलमा परी र बाढीले बगाएर मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

चितवन निकुञ्जमा सबैभन्दा बढी गैंडा रहेकोले यस क्षेत्रमा बढी मृत्यु हुने गरेको सूचना अधिकारी लोकेन्द्र अधिकारी बताउँछन् । उनका अनुसार आव ०७५/०७६ मा ४३, ०७६/०७७ मा २६ र ०७७/०७८ मा २६ गैंडाको मृत्यु भएको थियो । बढी मृत्यु भएर संख्या घटे पनि जन्मदर वृद्धि भएर बढ्नेको संख्या उत्तिकै रहेको उनले स्पष्ट पारे ।

’चोरी निकासीमा परी केहीको मृत्यु हुने गरेको छ,’ उनले भने,’ जंगलमा चोरी निकासी बढने गरेकोले विभिन्न सिफ्टमा गस्ती गर्न थालिएको छ ।’ गस्ती गर्नका लागि तयारी अवस्थामा हरेक निकुञ्जले दुई वटा हात्ती राखेको छ ।