१८ बैशाख २०८१, मंगलवार

जुवा खालबाट डीआईजी अंग रक्षक सहित पाँच जना पक्राउ

juwa O1PbFBrgUw
फाइल फोटो

कैलालीमा तीन लाख ३४ हजार नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छ्न ।

जिल्लाको गोदावरी नगरपालिका १० को खमौरास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रहरी डीआईजी उत्तमराज सुवेदीका अंग रक्षकसमेत रहेका प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका ५ जना पक्राउ परेका हुन ।

धनगढी उप-महानगरपालिका-३ का ४५ वर्षीय डबल चन्द, वडा नम्बर ४ बस्‍ने ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी नगरपालिका-५ बस्‍ने ४० वर्षीय टेक बहादुर बिष्ट र कञ्चनपुरको भिमदत्त नगरपालिका-४ बस्‍ने ३७ वर्षीय सन्तोष चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुबाट खुल्ला तास ७ गड्डी, सिलबन्दी तास ४ गड्डी फेलापारी बरामद गरिएको छ ।