बाग्मती प्रदेशमा भएर पनि उपत्यकाका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा नहुने
तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा बाग्मती प्रदेश सरकारले माघ १० गते शुक्रबार प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
गत वर्ष चैतमा मन्त्रिपरिषदले प्रदेश ३ सरकारले दिने बिदा उपत्यकाबाहेक अन्य जिल्लाको हकमा मात्रै लागू हुने निर्णय गरेको हुनाले यि तीन जिल्लामा भने शुक्रबार को बिदा नुहुने भएको छ ।