
फाइल फोटो
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले नेपाली जनताको जित भएको प्रतिक्रिया दिनु भएको छ ।
सामाजिक सञ्जालमा प्रवक्ता शर्माले संसद पुनर्स्थापनाले अधिनायक आकांक्षालाई समेत बदर गरेको बताउनु भएको छ ।“न्याय मुर्तिहरुलाई लाख लाख सलाम ।
संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।” प्रवक्ता शर्माले भन्नु भयो ।