१८ कार्तिक २०८२, सोमबार

‘जस्तो घर बनाए पनि भुकम्पपीडितको पैसा दिनु, इञ्जिनियरले दुख दिए कारबाही गर्नु’

State Minister Gokul Baskota

काभ्रे : सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भुकम्पपीडितले बनाएको जस्तोसुकै घरको पैसा निकासा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

काभ्रे जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका सोनाम ल्होछार मुल आयोजक समितिले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम तथा पूर्ण साक्षर गाउँपालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भुकम्पपीडितको रकम निकासा गर्न निर्देशन दिएका हुन् । जस्तोसुकै घर बनाए पनि भुकम्पपीडितको पैसा निकासा गर्ने निर्णय मन्त्रिपरिषद्कै भएको उनको भनाई थियो ।

मन्त्रीपरिषदको निर्णय सार्वजनिक :

‘अहिले इञ्जिनियरहरुले दुख दिएको सुन्छु, गाउँपालिकाका अध्यक्ष यही हुनुहुन्छ, म निर्देशन दिन चाहन्छु, जस्तो घर बनाए पनि भुकम्प पीडितको पैसा नरोक्नु, तुरुन्तै दिनु । इन्जिनियरले जे भने पनि भुकम्पपछि घर बनाएका जनताले पैसा पाउनुपर्छ’ उनले भने, ‘जसले दिन मान्दैन त्यसलाई कारबाही गर्नुस् । किनकी सरकारले भुकम्पपीडितले जस्तो घर बनाए पनि पैसा दिने निणर्य गरेको छ ।

माघ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले रेलमार्गमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत, सोभन्दा कम जग्गा परेकालाई ६६ प्रतिशत र घर, टहरा, पर्खाल आदिका हकमा जिल्लाको दररेटअनुसार क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज (बिहीबार) पत्रकार सम्मेलन आयोजना गर्दै चिलिमे– त्रिशूली प्रशारण लाइन, महाकाली सिंचाई आयोजना, माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना, मकरगाड जलविद्युत आयोजना र बुर्तिवाङ–पौदीअमराई–तम्घास–सन्धीखर्क–गोरुसिङ्गे सव–स्टेशन निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिएका हुन ।