१८ बैशाख २०८१, मंगलवार

चलचित्र घिन्ताङमा लक्ष्मी बर्देवाको प्रबेश, फिल्म छाडेकी एलिजा भने काठमाडौंमै

ghintang aliiza

एलिजा गौतमले घिन्ताङ छाडेपछी निर्माण पक्षले अभिनेत्री लक्ष्मी बर्देवालाई एलिजाको स्थान दिएका छन ।

पुराना निर्देशक दिपक श्रेष्ठले केही अगाडि घिन्ताङ नामक फिल्मको घोषणा गर्दे अभिनेत्री एलिजा गौतमलाई अनुबन्धित गरे । लगत्तै घिन्ताङमा अभिनेता गौरब पहारी अनुबन्धित भए । शुरुमा निर्देशकले अनुबन्धित गरेपनि निर्माता टिमले एलिजाको अभिनय नरुचाएपछी आन्तरिक विवाद हुन थालेको र पछि निर्माण पक्षले एलिजालाई हटाउने तयारि गरेको श्रोतको दावी छ ।

विश्वस्त श्रोतका अनुसार निर्माण टिमले अभिनेत्री एलिजालाइ फिल्मबाट हटाउने र उनको ठाँउमा अभिनेत्री लक्ष्मी बर्देवालाइ प्रबेश गराउने क्रममानै एलिजासामु उक्त कुरा चुहिन गएको थियो । त्यस लगत्तै अभिनेत्री एलिजाले अाफ्नो बाबा बिरामी रहेको भन्दै फिल्मबाट हात झिकेको समाचार बाहिरिएको थियो ।

आफु फिल्ममा नपर्ने भएपछी उनले निकालिनु भन्दा अाफैनै बुवाको बिरामीको कारण देखाउदै क्यानडा जाने भन्दै फिल्म छाडेको घोषणा गरेकी थिइन । एलिजाले अाफै चलचित्रबाट बाहिरिएपछि निर्माण टिमलाई बढार्नु पर्ने कसिङगर हावाले उडाएझै भएको छ । उनी क्यानेडा गईन पनि, तर इमिग्रेसनबाट क्यानडा छिर्न नपाएपछी नेपालनै फर्केकी श्रोतले बताएको छ ।

ऋषि धमलाको लगानिमा बनेको फिल्म अनुरागबाट फिल्म क्षेत्रमा प्रबेश गरेकी एलिजाको पहिलो गाँसमै ढुङ्गा परेको थियो । फिल्मले दर्शक सामु पानी भन्न पनि पाएन । त्यसयता उनको फिल्म क्षेत्रमा जम्ने सपना अधुरै भएको थियो । लकडाउन यता भने उनी फिल्मका राम्रै नाम चलेका कलाकारहरुसंग म्युजिक भिडियोमा काम गरिरहेकी थिइन । पछिल्लो समय उनले अभिनय गरेको भिडियोहरुले राम्रै प्रशंसा पाए तापनि यसको श्रेय एलिजालाई नभएर उनि संग अभिनय गर्ने पुरुष पात्रलाई जाने गरेको छ ।