‘युद्ध रोक्नका लागि’ कासिम सुलेमानी मारेका हौं : डोनल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले “युद्ध सुरु गर्न नभएर युद्ध रोक्न” मारेको बताएका छन्।
अमेरिकी राष्ट्रपतिको आदेशमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा शुक्रबार भएको हवाई आक्रमणमा इरानी उच्च सैन्य कमान्डर सुलेमानीको मृत्यु भएपछि इरान क्रुद्ध बनेको छ । उसले यसको बदला लिने चेतावनी दिइरहेको छ । दुई राष्ट्रबीच तनाब बढेपछि युद्ध निम्तिन सक्ने चिन्ता प्रकट भइरहेका छन् । तर, ट्रम्पले युद्ध सुरु गर्न नभई अन्त्यका लागि सुलेमानी मारिएको प्रतिक्रिया दिएका छन् ।
उनले इराकको बगदादस्थित विमानस्थलमा भएको शुक्रवारको आक्रमणपछि भने- सुलेमानीको “आतङ्कको शासन” समाप्त भएको छ।
‘अमेरिकाले युद्ध अन्त्यका लागि इरानको उच्च सैन्य कमान्डर कासिस सुलेमानीलाई मारेको हो । युद्ध सुरु गर्न होइन’, अमेरिकी राष्ट्रपतिको भनाइ कोट गर्दै बीबीसीले लेखेको छ ।
शुक्रबार बग्दादको विमानस्थलमा गरिएको आक्रमणपछि आतंकको शासन अन्त्य भएको टिप्पणी पनि ट्रम्पले गरेका छन् ।
तर, इरानले आफ्ना सैन्य कमान्डरको हत्यामा जिम्मेवारमाथि उचित बदला लिने चेतावनी दिएको छ । इरानको यस्तो चेतावनीसँगै दुई देशबीचको तनाव थप बढ्ने ठानिएको छ ।
अमेरिकी अधिकारीहरूले अतिरिक्त ३ हजार सैनिक सावधानीका लागि मध्यपूर्वमा पठाइने बताएका छन् ।