१८ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्रीको सहभागितामा बालुवाटारमा यसरी मनाइयाे याेग दिवस (फोटोफिचर)

national yoga day baluwatar 3

आज राष्ट्रिय योग दिवस । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित आज योग दिवस मनाइँदै छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज योग दिवस मनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए ।

national yoga day baluwatar

योगलाई जीवन विज्ञान र जीवनशैलीका रूपमा निरन्तरता दिन २०७२ सालदेखि हरेक वर्ष माघ १ गते सरकारको आह्वानमा योग दिवस मनाइने गरिएको छ । बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिन्छ । 

राष्ट्रिय योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

national yoga day baluwatar1

पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरू योग गरे समाधान हुने डाक्टरहरू बताउँछन् । 

योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए । योगगुरु डा. हरिप्रसाद पोखरेलले नेपालले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताए ।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए ।

national yoga day celebrated in baluwatar
national yoga day celebrated in baluwatar 1
national yoga day baluwatar 2

तस्बिर : प्रधानमन्त्री सचिवालय