१८ बैशाख २०८१, मंगलवार

राजेश हमालको दर्शकहरुलाई भिडियो मार्फत आग्रह–’दीपाश्रीलाई माफि गर्दिनु हाेला’

rajesh hamal

केही हप्ता अगाडि एक अन्तरबार्ताकाे क्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निराैललाले एक अनरबार्ताकाे क्रममा राजेश हमाल महानायक होइन भन्ने प्रतिक्रिया दिएकि थिइन । उनकाे यस प्रतिक्रियाले फिल्मी बजार तथा सामाजिक सञ्जाल तातिरहेको तथा हमालकाे फ्यान र उनकाे सहकर्मीहरुले दीपाकाे धारणाप्रति चर्काे आलाेचना गरिरहेका छन ।

बादविवाद साम्य पार्नका लागि महानायक राजेश हमालले मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैमा अनुरोध गरेका छन् ।

अहिले विभिन्न अवस्थाले देश गुग्रिरहेको अवस्थामा आरोप पत्यारोपमा लाग्नु भन्दा पनि सकारात्मक हिसावले अगाडी बढ्नुपर्ने बताएका छन् । हमालले सबैलाई आग्रह गर्दै भने, ‘यो राष्ट्रको कला क्षेत्रकाे लागि, भएपनि मानवताका हिसाबले सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला’ ।

हालै म जस्तै कलाकारले मलाई लक्षित गरेर केहि भनाइहरु र केहि कुराहरु राख्नुभयो । त्यो भनाई र कुराहरु सुनिसकेपछि दर्शकहरुले तथा जनसमुदायहरुले असन्तुष्टि मात्र नभएर आक्रोश पनि पोख्नुभयो र पोखिरहनुभएको छ । यो २,३ हप्ता अगाडिबाट भइरहेकाे छ ।

आफु फिल्मक्षेत्रमै रहदै आएकाे र आफुमाथि सहकर्मीले राखेकाे धारणााप्रति दर्शकहरुले सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आइरहेका छन । एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचीले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा राख्नुहुन्छ भने एक्कासी झट्ट प्रतिक्रिया दिँदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि नहुने तर्क राखेका छन ।

उनले दर्शक र कलाकार नङ र मासुको सम्बन्ध रहेको बताए । दर्शकहरुलाई अनुराेध गर्दै अली फराकिलो सकारात्मक हिसाबबाट मानवताको लागि कसैको आँच नपुग्ने गरि अभिव्यक्ति नदिन अनुराेधसमेत गरेका छन ।

यसक्षेत्र हाम्राे मात्र नभइ दर्शकको पनि हो । कलाकार मैदानमा उत्रन्छाै र मिहिनेत गर्छौ । तर, यसको पछाडि उर्जा दर्शकबाटै प्राप्त हुने भएकाले कलाको लागि सकारात्मक भएर सम्बन्धित व्यतिलाई क्षमा दिन आग्रह गरेका छन् ।

मेरो अनुरोध..,

Posted by Rajesh Hamal on Tuesday, July 14, 2020