७ बैशाख २०८१, शुक्रबार

चितवनको माडी नगरपालिकाले अयोध्याको इतिहास खोज्न थाल्यो, पण्डितको भेला गरियो

maadi municipality

प्रधानमन्त्री केपी शर्मा ओलीको भगवान श्री रामलाई लिएर अएको अभिव्यक्तिले धार्मिक र सांस्कृतिक क्षेत्रमा नयाँ तरंग ल्याएको छ । यस विषयले नेपाल भारत सम्बन्धमा पनि नयाँ तरंग ल्याउने अनुमान गरिएको छ भने प्रधानमन्त्री ओलीको भनाइलाई लिएर चितवनको माडी नगरपालिकाले तथ्यहरुको खोजी गर्ने अभियान थालेको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार ‘देशभरका मिडियाहरुले तथ्यहरुको बारेमा सोधेकोले भएर पनि आफू यसको खोजीमा लागेको छु । यस विषयमा इतिहासकार, पण्डित तथा अनुसन्धानकर्ताको वृहत् भेला राख्ने सोच बनाएको छु ।’ यस विष्यमा अग्रसरता लिन को लागी अयोध्यासँग जोडिएका ऐतिहासिक गुफा र मन्दिरहरु माडी नगरपालिकामा रहेकोले पनि आफू संलग्न रहेको बताए ।

मेयर ढकालकै अग्रसरतामा आज माडी नगरपालिकामा पण्डितहरुको भेला पनि राखिएको थियो जसमा ५ जना पण्डितहरु उपस्थित भएर आफ्ना तथ्यहरु प्रस्तुत गरे । उनले थपे “राम यसै क्षेत्र वरिपरी जन्मिएको भन्ने यथेष्ट प्रमाणहरु भेटिएका छन् ।”

साबिकको अयोध्यापुरी गाउँ विकास समिति अहिलेको माडी नगरपालिकाको ८ र ९ नम्बर वाडमा पर्छ । क्षेत्र मार्फत् नभएर रामायणसँग जोडिएका धेरै तथ्यहरु रहेको नगर प्रमुख ढकालले बताए । उनले भने, ‘वाल्मीकि आश्रम, सीताराम गुफा, लवकुशको सन्दर्भ जोडिएका सबै स्थलहरु माडी क्षेत्रमा नै पर्छन् । यसअघि नै माडी नगरपालिकाले वार्षिक कार्यक्रममा धार्मिक पर्यटकीय क्षेत्रको विकासलाई राखेको छ ।