स्व:स्फुर्त रुपमा नेपालमा भारतीय समाचार च्यानलहरु बन्द
अनर्गल, तथ्यहीन तथा निम्न स्तरको सामग्री प्रशारण गर्न थालेपछि नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बिहिबार साँझदेखि बन्द गरिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्व:स्फुर्त रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन ।
नेपाल केवल टेलिभिजन महासंघकाे बिहिबार बसेकाे बैठकले भारतीय समाचार च्यानल क्रमश: बन्द गर्दै जाने निर्णय गरेकाे महासचिव रामकुमार बस्नेतले जनाए ।
केवल अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गरे पनि इन्टरनेटमार्फत अहिले नेपाल विरुद्धका अतिरञ्जित सामाग्रीहरु सर्वसाधारणमा पुगिरहेको छ ।
डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।