२१ बैशाख २०८२, आईतवार

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणका अभियुक्त सुनिल र विकल पक्राउ

akhtiyar paudel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सेक्युरिट प्रिटिन्ङ प्रकरणमा जोडिएका दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिएको हो। दुवैजना भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् ।

अख्तियारले २०८० असोज १५ मा पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो।

सेक्युरिटी प्रिन्टङ प्रेस र पेमेन्ट गेट वेमा भएको अनियमिततामा छानबिन भएर अदालतमा मुदा दायर गरिसकेको थियो । आरोपीहरुले पक्राउबाहिरै रहेर मुद्दा लड्न पाउने अख्तियारले दिएको सुविधाको दुरुपयोग गरेपछि अन्तत आर्थिक हिनामिनाका आरोपीहरु हिरासतमा पुगेका छन् ।

उनीहरुविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ । त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका ९ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले करिब ७० करोड रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको थियो ।

मुद्दा दायरपछि दुवै निलम्बनमा छन् । तर मुद्दा अदालतमा पुगेपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको, कार्यक्रमको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु थप छानबिनमा तानिएका हुन् । त्यही क्रममा अख्तियारको टोलीले आज दुवैलाई पक्राउ गरेको हो । अख्तियारले शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा छापा मारी कागजातसमेत नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित समाचार...