२३ बैशाख २०८१, आईतवार

पल शाहको लोभ लाग्दो क्रेज

paul

यसमा दुईमत नै छैन कि पल शाह अहिलेको समयका राम्रो क्रेज भएका अभिनेता हुन् । विशेषगरी म्युजिक भिडियोबाट उनी घर–घरमा चिनिएका छन् । एक घटनाका कारण एक वर्ष जेल जीवन बिताए पनि उनको क्रेज खासै खस्किएको छैन । मेला–महोत्सवमा उनको नामले उर्लिने भीडले पनि यो प्रष्ट देखाउँछ । हिजो आज उनी लगातार विभिन्न महोत्सवमा सहभागी भइरहेका छन् ।

यसैक्रममा, उनी देशका विभिन्न स्थानका महोत्सवमा प्रस्तुति दिन पुगिई रहेका छन् । त्यहाँ उनलाई हेर्नका लागि लाखौँको सङ्ख्यामा दर्शक ओइरिएको देख्न सकिन्छ । पल भएको महोत्सवमा आयोजकलाई भीड र टिकट व्यवस्थापन समेत हम्मे हम्मे परिरहेको हुन्छ । पललाई आफ्नो मोबाइलमा कैद गर्न र छुनका लागि दर्शकहरूबिच भएको हानथाप रोचक लाग्दो देख्न पाइन्छ । यसले उनको क्रेजलाई थप प्रमाणित गरिरहेको छ । पल जब स्टेजमा पुग्छन् उनका हजारौँ शुभचिन्तकहरूले उनलाई व्यापक हुटिङ गर्ने गरेका छन् भने उनको प्रस्तुतिले थप मनोरञ्जन लिइरहेका हुन्छन् । उनी पुग्ने कार्यक्रममा दर्शकको घुइँचो नै लाग्ने गरेको छ ।

यसअघि पल शाह गत महिना धनगढीमा भएको सुदूरपश्चिम महोत्सवमा भाग लिन पुग्दा उनलाई हेर्न लाखौँको सङ्ख्यामा दर्शकहरू टिकट काटेर आएको दाबी समेत गरिएको थियो । आयोजकका अनुसार त्यस दिन एक लाख २० हजारले टिकट नै काटेर महोत्सवमा भाग लिएका थिए ।

तर, नेपाली कलाकारहरूको क्रेज मेला–महोत्सवमा मात्र सीमित भएको देखिन्छ । त्यही कलाकारको फिल्म हलमा रिलिज हुँदा भने दर्शकको खडेरी लाग्छ । पलकै हकमा यो देखिएको छ । अब उनलाई आफ्नो क्रेज हलमा पनि प्रमाणित गर्नुपर्ने ठुलो चुनौती छ । यस वर्ष उनका दुई वटा फिल्म ‘मायावी’ र ‘पूजार सार्की’ प्रदर्शनमा आउनेछन् । यी दुई फिल्मले उनको क्रेजको परीक्षा लिनेछन् ।

जेल जीवनपछि उनको करिअर चुनौतीपूर्ण अवस्थामा छ । एउटा वर्गले उनलाई स्वीकार नै नगर्न सक्छ । यो अवस्थामा उनले अब फिल्म गर्ने शैली बदल्नु पर्छ । अभिनयमा आफूलाई परिपक्व बनाउनु पर्नेछ । चरित्रमा विविधता खोज्न आवश्यक छ । एक हिसाबले फिल्ममा उनको ‘पूर्वजन्म’ हो । अब उनले लुक्सको भ्रमबाट मुक्त भएर अभिनयको ल्याकतमा आफूलाई स्थापित गर्न जरुरी छ ।

422019392 938979240921121 2650594820857700226 n
420100573 938979217587790 599716678350748265 n
421890133 938967704255608 5856513218226931943 n
422396514 938960550922990 6307117403425398386 n
421108713 938960680922977 9100438155822360230 n
421210108 938960474256331 5729131677737088430 n

    सम्बन्धित समाचार...