
स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । गएराति सम्पन्न खेलमा रियलले घरेलु मैदान सान्टियागो बर्नेबाउमा लास पाल्मासलाई २–० ले पराजित गरेको हो ।
रियलको जितमा ब्राहिम डियाज र होसेलुले गोल गरे । पहिलो हाफको अतरिक्त समयमा डियाजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५४ औँ मिनेटमा होसेलुले गोल गरेपछि रियल २–० ले अघि बढ्यो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि रियलले २–० को जित सुरक्षित गर्यो ।
जितपछि रियलको सात खेलमा १८ अंक छ । रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
ला लिगामा गएराति सम्पन्न अर्को खेलमा जिरोनाले भिल्लारियललाई २–१ ले हराउदै शीर्ष स्थानमा उक्लिएको छ । जिरोनाको सात खेलमा १९ अंक छ ।