१८ बैशाख २०८१, मंगलवार

आईतबार, ललितपुरकी एक महिला सहित ४६३ संक्रमित थपिए

corona 1

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस मिट अनुसार आईतबार नेपालमा ४६३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य ३५८ पुरुष र १०५ जना महिला रहेका छन । थपिएका मध्य ललितपुरकी एक महिला हुन ।

थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १२,७७२ पुगेको छ । त्यस्मध्य ११,२९८ पुरुष र १,४७४ जना महिला रहेका छन ।

त्यस्तै कोरोना संक्रमण निको भई १७९ जना डिस्चार्ज भएका छन । निको हुनेमा १३ महिला र १६६ पुरुष रहेका छन । हालसम्म डिस्चार्ज हुनेको संख्या ३०१३ जना पुगेको छ जसमा २५५ महिला र २७५८ पुरुष रहेका छन ।