१ जेष्ठ २०८२, बुधबार

माल्दिभ्समा अदीतिको बोल्ड अवतार (फोटो फिचर)

Aditi Budhathoki

बलिउडका प्रायः सेलिब्रेटीका लागि बिदा मनाउने आकर्षक गन्तव्य बनेको माल्दिभ्स नेपाली सेलिब्रेटीहरुको पनि रोजाई बनिरहेको छ । बलिउडमा प्रवेश गर्न वर्षौंदेखि मुम्बईमा संघर्षरत अभिनेत्री अदिती बुढाथोकीको लागि त माल्दिभ्स पानी पँधेरो नै भैसकेको छ । उनी अक्सर ‘रिफ्रेस’ हुन माल्दिभ्स पुगेकी हुन्छिन् । र, त्यहाँको समुन्द्री किनारमा उनी आफूलाई नयाँ अवतारमा प्रस्तुत गर्छिन् ।

गत वर्ष फिल्म ‘बाबरी’ प्रदर्शनपछि मुम्बई उडेकी उनले केही हिन्दी म्यूजिक भिडियो र एक बेव सिरिजमा काम गरेपछि ‘रिफ्रेस’ हुन पुनः माल्दिभ्स पुगेकी छन् । त्यहाँको समुन्द्री किनारमा उनी बोल्ड अवतारमा देखिएकी छन् । उनले इन्स्टाग्राममा विकिनीमा खिचेका केही तस्विरहरु सेअर गरेकी छन् । नेपाली फिल्ममा भने उनी सोझी र साधारण युवतीको रुपमा प्रस्तुत हुँदै आएकी छन् ।

फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले त्यसको करिब ५ वर्षपछि आफ्नै होम प्रोडक्सनमा बनेको फिल्म ‘बाबरी’बाट कमब्याक गरेकी थिइन् । तर, उनले दुवै फिल्मबाट सफलता पाउन सकिनन् । न त अभिनयकै प्रशंसा भयो । जसले गर्दा उनी नेपाली मेकरहरुको रोजाईमा पर्न सकेकी छैनन् । अब उनले ‘बाबरी २’मा काम गर्न सक्ने चर्चा छ । तर, निर्माण भने अन्योल छ ।

उनले हालै मात्र हिन्दी बेव सिरिज ‘म्यूजिक’मा काम गरेकी छन् । विश्वकै प्रतिष्ठित ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुने भनिएको वेब सिरिजलाई नेपाली मुलका छायाँकार विनोद प्रधानले खिचेका हुन् । यो सिरिजले बलिउड फिल्ममा प्रवेशको ढोका खुलाउनेमा अदिती विश्वस्त छिन् । उनले एक दर्जन बढी हिन्दी र पञ्जाबी गीतको म्यूजिक भिडियोमा भने काम गरिसकेकी छन् ।

adti 5 hmlMcv8FbR geyjtonvpltkv97zvjw5fggyaknpk2wjpbxxv8qpkjvovnuc5k9r2cdehve1
adti 4
adti 6
adti 3 ludNJn8OE8 e3tbgujmchkbxxorue7oxzrvdeu6tbgr7y4grqz45q2fbfueditqzaosy3pp

    सम्बन्धित समाचार...