२ जेष्ठ २०८१, बुधबार

विभिन्न मुद्दामा पटकपटक पक्राउ परिसकेका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

image 16

सरकारले विवादास्पद छविका पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्ययन सुदन किरातीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले विवादित लामालाई लुम्बिनी विकास कोषको नेतृत्व सुम्पेका हुन् ।

माओवादी केन्द्रीय सदस्य रहेका लामाले आइतबारै नियुक्तिपत्र बुझेका छन् । बुद्द जन्मस्थल तथा विश्व सम्पदामा सूचीकृत लुम्बिनीको गुरुयोजना कार्यान्वयन तथा विश्वशान्तिको सन्देश दिने ठाउँमा हतियार लुकाउने व्यक्तिलाई नियुक्ति दिएको भन्दै आलोचना भएको छ । अकुत सम्पति छानविनको अनुसन्धानका क्रममा लामाको बैंक लकरमा २०७२ सालमा १४ थान गोली फेला परेको थियो । उनी संविधानसभाका पूर्व सदस्य पनि हुन् ।

लामा वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै र छुट्दै आएका थिए । उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका थिए्। नियुक्तिलगत्तै दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि उनले १० दिनमै मन्त्री पदबाट राजीनामा दिएका थिए । २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका लामा २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद बनेका थिए । उनी २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका थिए ।

    सम्बन्धित समाचार...