२२ बैशाख २०८२, सोमबार

‘रङ्गेली ग्याङस्टर’मा मिरुना मगर

0023 07 3fbd524b8711159219f973366316f429

कुनै बेला चलचित्रको असफलताले अभिनेत्री मिरुना मगरको करिअर संकटउन्मुख थियो । तर, चलचित्र ‘कबड्डी ४’ र ‘जारी’को व्यावसायिक सफलतापछि उनी अहिले ‘हाई डिमाण्ड’मा छिन् । ‘जारी’ रिलिज लगत्तै उनले चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन सकाइन् र ‘ऊनको स्विटर’ नामक नयाँ चलचित्र सम्झौता गरिन् । उनले मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र ‘अन्जिला’मा पनि काम गर्दैछिन् ।

यसबीच, उनको पाइपलाइनमा अर्को चलचित्र थपिएको छ । अर्जुन सुवेदीले लेखन तथा निर्देशन गर्न लागेको नेपाली चलचित्र ‘रङ्गेली ग्याङस्टर’मा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् । मगरले यो चलचित्रमा प्रमुख भूमिकामा अभिनय गर्नेछिन् ।

यसको पुष्टि गर्दै कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले यसअघि यो चलचित्रमा अर्पण थापा पनि प्रवेश गरिसकेको बताए । यो चलचित्र भदौ २० गतेबाट छायाङ्कनमा जानेछ । खतिवडाले अर्को एक प्रमुख भूमिकाको लागि मौखिक रुपमा एक कलाकारको टुङ्गो लागेको भएतापनि लिखित सम्झौतापछि जानकारी दिने बताए ।

मोरङ्को रङ्गेलीमा छायाङ्कन हुने यो चलचित्रमा अभिनय गर्न केही कलाकारहरुको लागि भने ‘कास्टिङ कल’ गरिएको छ ।

    सम्बन्धित समाचार...