
काठमाडौंबाट बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए-२२५ जहाज चरा ठोक्किएको आशंकामा पुन: काठमाडौं फर्काइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलले चरा ठोक्किएको आशंकामा विमान काठमाडौं फर्किएको जानकारी दिए । उनले भने, ‘४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो । चरा ठोकिएको हो/होइन भनेर चेक जाँच भइरहेको छ ।’ १
५६ जना यात्रु बोकेको उक्त विमान उडेको २५ मिनेटमा नै फर्काइएको हो। विमानमा कुनै क्षति नभएको र प्राविधिक जाँचको कार्य भइरहेको सिटौल बताए ।