
विश्व चर्चित रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले पक्राउ गर्न आदेश दिएको छ । राष्ट्रपति पुटिनलाई आईसीसीले द्ध अपराधको अभियोगमा पक्राउ पुर्जी जारी गरेको हो ।
आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ ।
रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ ।
पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन’ भनेकी छन् ।