१८ बैशाख २०८१, मंगलवार

कक्षा ११ को परीक्षा नलिनु, विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिनु : नेपाल विद्यार्थी संघको माग

nsu covid

आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई १६ बुँदे ज्ञापनपत्र बुजाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको छ । त्यसैगरी विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शूल्क लिने कार्य बन्द गर्न पनि माग गरेको छ ।

अध्यक्ष ढुङ्गाना द्वारा हस्ताक्षरित बिज्ञप्तिमा कक्षा १२ को परीक्षालाई भने राष्ट्रिय परीक्षाको मान्यता दिन र सबै विध्यालयलाई Home Center र नजिकको विध्यालयलाई Observation गर्ने गरी महामारी को न्युनिकरण पश्चात परिक्षा सन्चालन गर्ने व्यवस्था गर्न पनि माग गरेको छ ।

कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई परेको मनोसामाजिक समस्या निवारण गर्न गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रम नआउनु दुःखद भएको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताए।

हालै सरकारले ल्याएको आर्थिक वर्ष ०७७०७८ को बजेटमा दिवा खाजा कायर्यक्रम, छात्रालाई सेनेटरी प्याड वितरण र छात्रवृत्ति कार्यक्रममा न्युन बजेट विनियोजन भएकोल आवश्यक व्यवस्था गर्न पनि माग गरेको छ ।

nsu 1
nsu 2
nsu 3 1