
फाइल फोटो
नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारी कार्यालय परिसरका बेवारिसे अवस्थामा रहेका सवारी साधन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सिंहले आवश्यक नीति बनाएर भए पनि बेवारिसे सवारी साधान व्यवस्थापन गर्नुपर्ने बताए ।
‘नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालयभित्र थुपारेर राखिएका सवारी साधन बेवारिसेरुपमा राखिएको हुन्छ । कार्यालय वरिपरी करोडौं पर्ने सवारी साधन कौडीको मूल्यमा बेच्न राखिएको हुन्छ ।’ उहाँले साधनस्रोतको सही सदुपयोका लागि ऐन, नियममा समस्या भए सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।
साथै उनले सरकारसँग काठमाडौंको रिङ रोड आसपासमा बेवारिसेरुपमा थुपारेर राखिएका सवारी व्यवस्थापन गर्नसमेत आग्रह गरे ।