
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका एक-दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लागेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।
भोलि (आइतबार) प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
सोमबार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।