
फाइल फोटो
खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी घाइते भएका छन् ।
उक्त घटनामा उनीसँगै उनकी आमा हरिकला भण्डारी पनि घाइते भएकी छन् ।
काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा उनीहरु घाइते भएका स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।
घाइतेहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
भण्डारीको २५ प्रतिशत र आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले बताएको स्वकीय सचिव भुसालले बताए । भण्डारी परिवार खाना खाएर सुतिसकेको अवस्थामा विस्फोट भएको बताइएको छ ।
भण्डारी गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् ।