
पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्स लिग वानमा सिजनको पहिलो हार बेहोरेको छ । गएराति भएको लेखमा लन्सले पीएसजीमाथि ३ – १ गोलको जित हात पारेको हो ।
घरेलु टोलीविरुद्ध पीएसजी नेइमार र लियोनल मेसी बिना मैदान उत्रिएको थियो । नेइमारले अघिल्लो खेलमा रातो कार्ड पाएका थिए ।
अर्जेन्टिनी मेसी विश्वकपपछि क्लबमा फर्किएका छैनन् । खेल सुरु भएको पाँचौ मिनेटमै चमिस्वा फ्राङकोस्कीको गोलमार्फत लन्सले अग्रता लिएको थियो ।
आठौँ मिनेटमा पीएसजीका इगो इकिटिकेले गोल गर्दै खेल बराबरी गरेका थिए । तर २८ औँ मिनेटमा लुइस अपेन्डाले फेरि लन्सलाई खेलमा फर्काए ।
४७ औँ मिनेटमा अपेनडाकै सहयोगमा एलिक्सिस क्लो मरिसको गोलपछि ३ – १ ले पछि परेको पीएसजीले पुनरागमन गर्न सकेन ।
किलियन एम्बाप्पेले पुरै समय खेले पनि प्रभाव जमाउन सकेनन् । पीएसजीले गत मार्च यता पहिलो पटक पराजय बेहोरेको हो ।
च्याम्पियन्स लिगमा रियाल मड्रिडसँग हारेको दश दिनपछि पीएसजी मोनाकोसँग ३ – ० गोलले पराजित भएको थियो । शीर्ष स्थानमा कायमै रहेको पीएसजीको १७ खेलबाट ४४ अंक छ ।
१७ खेलमा मात्र एकमा हार बेहोर्दै दोस्रो स्थानमा रहेको लन्स मात्र चार अंकले पछि छ ।