१८ बैशाख २०८१, मंगलवार

भाइरल भएको कोरोना प्रमाणपत्र को वास्तविकता

sandhikharka

सन्धिखर्क नगरपालिका द्वारा वितरित कोरोना परीक्षण परिणाम को प्रमाण पत्रले सामाजिक सन्जाल मा निकै चर्चा पायो । उक्त प्रमाणपत्र सन्धिखर्क नगरपालिकाद्वारा कोरोना परिक्षण पश्चात आएको नतिजामा आधारित भएर वितरण गरेको हो ।

नेपाल घटनासँग टेलीफोनमा कुरा गर्दै प्रमुख प्राशासकिय अधिकृत जिवन ज्ञवालीले प्रमाणपत्र नगारिकको हितमा नै जारी गरेको बताए ।

कोरोना त्रासको कारण विदेशबाट आउनेलाई धेरै ठाँउमा श्ंकाकै भरमा प्रवेश निषेध गरेको उदाहरण पनि नभएको हैन ।

ज्ञवाली भन्छन “हामी कहाँ धेरै नागरिकहरु भारतबाट आएका छन । यसरी आउनेमा कोही नाका हुँदै आएका छन भने कोही रातको अँध्यारोमा सुरक्षा संन्यत्रको आँखा छलेर सुट्टुक्क नेपाल प्रवेश गरेका छन्” ।

यसरी लुकेर आउनेलाई गाँउलेले मुल सडकमा गौँडा थापेर, बाटो छेकेर गाउँ प्रवेश रोकेका छन । कतिलाई गाँउले आफैले क्वारेन्टिनमा पठाएका प्रश्स्त उदाहरण पनि छन ।

ज्ञवाली थप्छन “लुकेर राती राती गाँउ प्रवेश गर्ने व्यक्तिहरुले गर्दा क्वारेन्टिनमा बसेर आउने समान्य नागरिक पनि श्ंका को घेरामा पर्ने र समाजमा पुन:स्थापना हुन कठिन देखिएकाले गर्दा नै यो व्यवस्था गर्नु परेको हो” ।

ज्ञवालीले भने “यसरि प्रमाण-पत्र वितरण गर्दा कार्यलयमा रहेकै उपलब्ध स्रोत बाट सजिलै हुने र क्वारेन्टिनमा बसेर जाने व्यक्ती माथी गाँउ समाजले पनि विश्वास गर्ने हुनाले नै उक्त कार्य गरिएको हो” ।

“यो प्रमाणपत्र सामजिक संजालमा आए जस्तो छुट्टै कोषबाट नभएर, कार्यलयमा रहेको कलर प्रिन्टरबाटनै छपाइ गरी बाँडिएको” बताउँछन अधिकृत जिवन ज्ञवाली ।

नागरिक र समाजलाई कोरोना को त्रास को वातावरणमा सहजिकरण होस भन्ने हेतुले क्वारेन्टिनमा बसेका नागरिककै आग्रहमा उनले यो प्रमाण्-पत्र दिइएको बताए ।