
देशका चार वटा प्रदेशको मौसम आज आंशिकदेखि सामान्य बदली हुने छ ।
प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
हाल नेपालमा भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। अहिले बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ।
मंगलबार पनि पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।