
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले तत्काल सरकारमा नजाने बताउनुभएको छ । उहाँले बाम एकता वा बाम गठबन्धनको सम्भावना तत्काल नरहेको प्रष्ट पार्नुभएको छ ।
प्रेस चौतारीले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा पाण्डेले कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था देखिएको बताउनुभएको हो ।
उपाध्यक्ष पाण्डेले गठबन्धनले सरकार बनाउने अवस्था देखिए पनि देशमा राजनीतिक अस्थिरता र आर्थिक संकट एकसाथ देखिने सम्भावना बढेको दाबी गर्नुभयो । धेरै दल मिलेर बनेको सरकारले राजनीतिक स्थिरता नदिने बताउदै उहाँले राजश्व पनि घट्दोक्रममा रहेकोले राजनीतिक र आर्थिक संकट एकसाथ जोडिएर देश कठिन अवस्थातिर जान्छ कि भन्ने आशंका रहेको उल्लेख गर्नुभयो ।
देश अप्ठेरो दिशामा जाने अवस्था आएमा नेपाली कांग्रेसलाई नेकपा एमाले सघाउन सक्ने उहाँको भनाइ थियो ।