१८ बैशाख २०८१, मंगलवार

सुरक्षित क्षेत्र खोज्दै गोर्खा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चुनौती

prachanda

हरेक निर्वाचनमा फरक-फरक क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यसपटक गोरखा पुगेका छन् । उनी गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् । दाहाललाई राजनीतिक दलका ९ र स्वतन्त्र २ गरी ११ जनाले चुनौती दिइरहेका छन् ।

प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा चितवनबाट निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यस पटक गोरर्खा क्षेत्र नं. २ बाट प्रतिस्पर्धा गरिरहेका छन् । उनको निर्वाचन क्षेत्र स्थिर छैन । कहिले रोल्पा, कहिले काठमाडौं त कहिले सिरहाबाट चितवन हुादै अहिले उनी गोरखा पुगेका छन् । सुरक्षित ठाँउ खोज्दै हिाड्ने बानी परेका दाहाल गोरखाबाट जित सुनिश्चित गर्ने ध्याउन्नमा लागेका छन् ।

त्यसो त दाहाललाई सत्ता गठबन्धनको साथ छ । उनी गठबन्धन दलकै उम्मेदवार हुन् । त्यसो भन्दैमा उनी धेरै सहज अवस्थामा भने छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले युवा उम्मेदवार अब्दुस सलाम मियालाई दाहालको प्रतिस्पर्धीका रुपमा उठाएको छ ।

यो क्षेत्रबाट विभिन्न राजनीतिक दलका ९ र दुई स्वतन्त्र गरी ११ जना प्रतिस्पर्धामा छन् । गोरखामा गठबन्धन दल एकजुट छन् । अन्य जिल्लामा जस्तो बागीको चुनौती उनीहरुले सामना गर्नुपरेको छैन ।

प्रतिनिधिसभाको २ वटा क्षेत्र रहेको गोरखामा गठबन्धनबाट कांग्रेस र माओवादी केन्द्रले प्रतिनिधिसभामा १/१ क्षेत्र भागबण्डा गरेका छन् । चार वटा प्रदेश सभा क्षेत्र मध्ये कांग्रेसले २, माओवादी केन्द्रले १ र नेकपा एकीकृत समाजवादीले माओवादीकै चुनाव चिन्हमा १ जना उम्मेदवार उठाएको छ । एमाले सबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको छ ।