१८ बैशाख २०८१, मंगलवार

बाँकेका ग्रामीण बस्तीमा निर्वाचनको चर्चा

2

प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक तापक्रम बढ्दो छ । गाउँ बस्तीदेखि सहर बजार जताततै चुनावको चर्चा हुन थालेको छ । ठूला नेता हुन् वा आम मतदाता- निर्वाचनले नछोएका सायदै भेटिन थालेका छन् ।

बााकेको यो राप्ती नदी तटीय बस्ती होलिया गाउाको हो । दृश्यमा देखिएका यी मानिस मंसिर ४ गते हुने निर्वाचनका लागि छलफल गर्न भेला भएका हुन् । नेपालगन्ज बजारको तुलनामा यो गाउाका बासिन्दालाई चुनावले छोइसकेको छ । समूहमै भेला भएर उनीहरु कसलाई र किन मत दिने भनेर छलफल चलाइरहेका छन् ।

बाँकेमा मतदाता मात्र हैन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु पनि तोकिएको निर्वाचन क्षेत्रको स्थलगत अवस्था बुझ्ने क्रममा छन । केन्द्रमा सीमित रहेको राजनीति स्थानीयकरण भएको छ । सम्भावित उम्मेदवार, विभिन्न पार्टीका नेता निर्वाचन क्षेत्र केन्द्रीत हुन थालेका छन् । निर्वाचन आयोगले यसलाई सकारात्मक मानेको छ ।

दसैं मनाउन गाउा फर्किएकाहरु पनि निर्वाचनकै कुरा गर्न तल्लिन भएको देखिन्छ । यसले गाउागाउामा निर्वाचनको वातावरण तयार पार्नसमेत सहयोग पुगेको छ ।