
नेपालमा कोरोना भाइरसका थप ७२ जना विरामी थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले एक विज्ञप्ति निकालेर थप संक्रमितबारे जानकारी दिएका हुन्। धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, दैलेख गरी ९ जिल्लामा संक्रमित थपिएका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका तीन, कपिलवस्तुका तीन, काठमाडौंका तीन, बाराका दुई र रौतहटका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ३७ जना, वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा २१ जना, भेरी अस्पताल नेपालगंजमा ५ जना र प्रदेश अस्पताल सुर्खेतमा परीक्षणणका क्रममा २ जना गरी थप ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
