१५ बैशाख २०८१, शनिबार

वीरगञ्जमा अन्त्येष्टि भइसकेको व्यक्तिमा कोरोना पुष्टी

birgung raxaul border

बाराका ७० वर्षीय वृद्धको उपचारको क्रममा कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति मृत्यु भएको थियो ।

मिर्गौलाको समस्या भएपछि नेशनल मेडिकल कलेजमा जेठ २ गते उपचारका लागि भर्ना भएका उनको अन्त्येष्टि गरिसकेपछी कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जमा स्वाब परीक्षण रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए अनुसार मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।

वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलको विज्ञप्तिमा यो समाचार तयार पार्दा सम्म केहि जानकारी आएको छैन ।